Logo

मोटरसाइकलमा आगजनी तथा तोडफोड गर्ने पक्राउ



रोल्पा, १२ मंसिर । मोटरसाइकलमा आगजनी तथा तोडफोड गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । मोटरसाइकलमा आगजनी तथा तोडफोड गरेको घटनामा संलग्न रहेको अभियोगमा रोल्पा गंगादेव गाउँपालिका–४ डलसिङगेका कृष्ण वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सल्यान बागचौर नगरपालिका–१२ दर्गामा गत कात्तिक २० गते रा.३ प ३२७२ नम्बरको मोटरसाइकलमा तोडफोड एवं आगजनी गरी फरार रहेका कृष्णलाई रुकुम पूर्व उत्तरगंगा गाउँपालिका–१० तक्सेराबाट प्रहरीले पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot