Logo

लागुऔषध सहित पक्राउ



काठमाडौं, १२ मंसिर । नियन्त्रित लागुऔषध सहित २ जना पक्राउ परेका छन् । काठमाडौं चुच्चेपाटीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध १ सय ५० ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापा कचनकवल गाउँपालिका–३ ठेगाना भएका २४ वर्षीय सुजन तामाङ र काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका–४ ठेगाना भएका २२ वर्षीय आशुतोष मोक्तान रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्रदेश ०२–०१८ प ४०४२ नम्बरको मोटरसाइललाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक तामाङ र मोटरसाइकलमा सवार मोक्तानलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी काठमाडौं महानरगपालिका–६ अङधाराचोकस्थित सडक किनारबाट नियन्त्रित लागुऔषध ७ सय ५ ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेट सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ ठेगाना भएका २७ वर्षीय दिवाकार थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको बताएको छ ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा उक्त ब्यूरोबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot