Logo

अभिषेक बच्चन र करिश्मा कपुरको विवाह टुट्नुको कारण



एजेन्सी, १२ मंसिर । अभिषेक बच्चन र एश्वर्या रायको वैवाहिक जिन्दगी बितिरहेको छ र उनीहरु दुवैजनाको एक छोरी पनि छिन् । तर, एश्वर्यासँग विवाह गर्नुभन्दा पहिला अभिषेक बच्चनको जिन्दगीमा करिश्मा आएकी थिइन् । टिका टालो समेत भइसकेको थियो, तर पछि बच्चन र कपुर परिवारले नै वैवाहिक कार्यक्रम तोडेका थिए ।

अभिषेक बच्चनको बहिनी स्वेताको विवाहमा करिश्मा र अभिषेक राम्रो साथी भएका थिए । दुवैजना बलिउडमा ठुला खानदानबाट थिए । कपुर परिवारमा धेरै जना स्टार थिए भने अभिषेकको पिता अमिताभ बच्चन पनि बलिउडका महानायक भईसकेका थिए ।

अभिषेक र करिश्मा रोमान्सलाई लिएर चर्चामा थिए । धेरै पटक करिश्माले अभिषेकसँग भेट्न बहिनी करिनालाई लिएर जाने गर्थिन् । करिनाले अभिषेकलाइ भिनाजु भन्दै बोलाउने गर्थिन् ।

कपुर परिवार र बच्चन परिवारले यो सम्बन्धलाई अगाडी बढाउन टिकाटालो गरिदिए । करिश्मा त्यो समयमा अभिषेक भन्दा पनि ठुलो स्टार थिइन् । उनका फिल्मले लगातार बक्स अफिसमा धुम मच्चाइरहेका थिए । उता भने अभिषेक आफ्नो करियर बनाउँदै थिए ।

वास्तवमा एकदिन कुरा कुरामा करिश्मालाई बबिता कपुरले अभिषेकको कमाई अर्थात आर्थिक हैसियतको बारेमा सोधिन् । उनले आफ्नो हुनेवाला जुवाईको कति कमाई भनेर जान्न चाहिन् । यहि कुरा बच्चन परिवारलाई नराम्रो लाग्यो । यस विषयलाई लिएर दुई परिवारबीच मतभेद सुरु भयो । यसैकारण उनीहरुको वैवाहिक कार्यक्रम तोडिएको र अगाडी बढ्न नसकेको जानकारहरु बताउँछन् ।

करिश्मा कपुरले यसपछि सन्जय कपुरसँग विवा गरिन् र उनको वैवाहिक सम्बन्ध नराम्रो भयो । सन्जय र उनकी आमामाथि करिश्माले केही गम्भिर आरोप लगाएकी छिन् । सन्जयले पनि यस विषयमा खुलेर जवाफ दिएका छन् । अन्तिममा दुवैबीच सम्बन्ध बिच्छेद भइसकेको छ । करिश्मा २ सन्तानको साथमा छिन् भने अभिषेकले एश्वर्या रायसँग विवाह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot