Logo

रातमा छिमेकीको कम्पाउन्डमा पस्दा हत्या



काठमाडौं, १५ मंसिर । कुटपिट गरी हत्या गरेको अभियोगमा बावु छोरालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका–१ बनदेबीका रबिन्द्र चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना आइतबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका करमानाका शन्ता ढकाल र उनका छोरा २१ वर्षीय संजय ढकाल रहेका छन् । शनिबार राति शन्ताको घरको कम्पाउण्डमा छिरेको बिषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका रबिन्द्रको आइतबार दिउँसो शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता नवलपरासीमा उपचारको क्रममा मृत्यु भएको सुचना प्राप्त हुनासाथ प्रहरी चौकी कुडिया र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot