Logo

नौ महिना सिनेमा हल बन्द हुँदा दुई अर्ब घाटा



काठमाडौ, ३० मंसिर । कोरोना भाइरस आतंकले विश्व नै आक्रान्त बनेको छ । धेरै देशहरुले संक्रमण फैलन नदिन लकडाउन घोषणा गरे । त्यसमध्ये नेपाल पनि एक हो । ७ महिनासम्म देशका सम्पुर्ण क्षेत्र बन्द हुँदा देशले मात्र नभएर हरेक व्यक्तिले त्यसको सम्पुर्ण असर भोग्नु परेको छ । सिंगो देश ठप्प भएको बेला फिल्म क्षेत्र पनि बन्द हुन पुगे । अन्य क्षेत्रहरु बिस्तारै खुलेपनि सिनेमा हल भने अझै सम्म खुल्न सकेका छैनन् ।

फिल्म सुर्टिङका कामहरु दशैयताबाट सुरु भएपनि दर्शक जाने हल भने बन्द भएका कारण फिल्म क्षेत्रले २ अर्ब भन्दा धेरै घाटा व्योहोर्न परेको छ । फिल्म सम्बद्ध संघ सस्थाहरुले फिल्म निर्माण, प्रदर्शन र वितरण खुल्ला गर्न सरकारका विभिन्न उच्च निकायमा पुगेर आफ्नो क्षेत्रका समस्या राखेर छलफल गरेपनि सरकारले भने फिल्म क्षेत्र सञ्चालन गर्नमा चासो देखाएको छैन् ।

सरकारले फिल्म क्षेत्रलाई हेला गरेको भन्दै हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले पौष १० गतेबाट हल खोल्ने निर्णय गरेको छ । नेपाल चलचित्र संघले पत्रकार सम्मेलन गरेर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्ने जनाएको हो । सरकारले सिनेमा हल खोल्नमा वाधा पुराए प्रतिकारमा उत्रने चेतावनी पनि चलचित्र संघले दिएको छ । उनीहरुले सरकार र डब्लुएचओले जारी गरेको सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने भएका छन् ।

संघले कोरोनाको कारण ९ महिना सिनेमा हल बन्द हुँदा २ अर्ब भन्दा बढी घाटा लागेको बताएको छ । उनीहरुले मल्टीप्लेक्सको अपरेटिङ खर्च नै महिनाको १० लाख भन्दा बढी भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot