Logo

काठमाडौ उपत्यकामा २७८ संक्रमित थप



काठमाडौं,  १३ पुस। काठमाडौं उपत्यकामा आज २७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ६ सय ५९ जना थपिएकोमा काठमाडौंमा मात्र २७८ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १११ महिला र १६७ पुरुष रहेका छन् । आज ७ सय १८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५८ हजार ८ सय ४० संक्रमित भएपनि २ लाख ५० हजार ५ सय ८१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ६ हजार ४ सय २७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म  १९ लाख १५ हजार २ सय ३२ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ६९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot