Logo

म फोहोरी राजनीति गर्दिन : प्रधानमन्त्री ओली



पुष १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताएका छन् । शुक्रबार बालुवाटारमा नेपाल स्काउटद्वारा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताएका हुन् । उनले बालबालिकाले त्यस्ता फोहोरी राजनीतिबाट प्रभावित नभई इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रुपमा राजनीतिलाई बुझ्न आग्रह गरे ।

उनले बालबालिकाले प्रत्यक्ष राजनीतिमा लाग्न नहुने तर यसलाई ढाँटछल, संविधानविरोधी तथा बेइमानीका रुपमा नबुझ्न आग्रह गर्दै राजनीति बिग्रिएमा त्यसलाई सही बाटोमा ल्याउने कामको नेतृत्व आफूले गर्ने अवगत गराएका छन् । त्यसैगरी ओलीले आफूलाई विरोध गर्नेहरु कोही नजिक आएर नबुझिकन विरोध गर्ने, कोही विरोधका लागि विरोध गर्ने र कोहीले सत्यलाई असत्य ठानेर स्वार्थवश अर्काे दलमा भएका कारण विरोध गर्ने गरेको बताए ।

प्रधानमन्त्री ओलीले चेलीहरु दुव्र्यवहार र बलात्कारमा पर्नु अमानवीय र घृणित अपराध भएकाले यस्ता अपराध रोक्न कानून कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । Photo_Rajan_Kafle 



प्रतिक्रिया दिनुहोस्

Screenshot