Logo

आधाभन्दा बढी उद्योग पूर्ण सञ्चालनमाः राष्ट्र बैंक



काठमाडौं, पुस २९। कोभिड–१९ का कारण बन्द हुन पुगेका उद्योग तथा व्यवसायमध्ये करीब ५४ प्रतिशत सञ्चालनमा आएका छन् ।राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनअनुसार अझै ९ दशमलव १ प्रतिशत उद्योग÷व्यवसायहरू सञ्चालनमा आउन सकेका छैनन् ।

पछिल्लो समय क्रमशः सबै प्रकारका उद्योग तथा व्यवसाय सञ्चालनमा सुधार आए पनि साना तथा मझौला उद्योग भने तुलनात्मक रूपमा कम सुधार भएको केन्द्रीय बैंकको भनाइ छ । प्रतिवेदनअनुसार अधिकांश ठूला उद्योगहरूको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएको छ ।

मङ्सिरसम्ममा सबैभन्दा राम्रो व्यवसाय सञ्चालन गर्नेमा विद्युत्, ग्यास तथा पानी उद्योगहरू रहेका छन् । यस अवधिमा ६६ दशमलव ६७ प्रतिशत यस्ता उद्योग पूर्ण सञ्चालनमा आएका छन् भने ३३ दशमलव ३३ प्रतिशत उद्योग सञ्चालन हुन सकेका छैनन् । त्यस्तै मङ्सिरसम्ममा ६४ दशमलव ९७ प्रतिशत थोक तथा खुद्रा व्यापार पूर्ण सञ्चालनमा छन् भने ३१ दशमलव ६४ आंशिक र ३ दशमलव ३९ प्रतिशत भने सञ्चालन हुन सकेका छैनन् । कृषि वन तथा मत्स्यपालन क्षेत्र ६३ दशमलव ६४ प्रतिशत पूरै सञ्चालन, ३३ दशमलव ३३ आंशिक र ३ दशमलव शून्य ३ प्रतिशत सञ्चालन हुन सकेका छैनन् ।

उत्पादनमूलक उद्योगहरू ४९ दशमलव शून्य ४ पूर्ण रूपमा सञ्चालित छन् भने ४२ दशमलव ३१ आंशिक सञ्चालन र ८ दशमलव ६५ प्रतिशत सञ्चालन हुन सकेका छैनन् । यस्तै, २९ दशमलव ७० प्रतिशत होटेल तथा रेस्टुराँ, ४४ दशमलव ४४ प्रतिशत निर्माण उद्योग, ५० प्रतिशत यातायात तथा भण्डारण, ३६ प्रतिशत सञ्चार, ३७ दशमलव ५० प्रतिशत रियल इस्टेट भाडा तथा व्यावसायिक क्रियाकलापहरू पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot