Logo

चिसो बढ्दै, जनजीवन कष्टकर बन्दै



काठमाडौं, पुस २९ । पश्चिमी वायुका कारण पछिल्ला केहि दिनदेखि बढेको अत्याधिक चिसो र बाक्लो हुस्सुका कारण देशभरको जनजीवन प्रभावित भएको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि तराई क्षेत्रको जनजीवन अझ कष्टकर बन्दै गएको छ । उच्च हिमाली क्षेत्रमा भईरहेको समान्य हिमपातका कारण देशका उच्च पाहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ ।

चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित भएका छन् । निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीमासमेत प्रभाव देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, रातीसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेशको तराईका भु–भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या बढ्दै जाने भएकाले चिसोबाट बच्नसमेत महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot