Logo

मोटरसाइकल चोरीमा सम्लग्न ७ जना पक्राउ



झापा, २९ पुस । मोटरसाइकल चोरी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । झापाका विभिन्न मिति र ठाउँबाट हराएका मोटरसाइकल तथा स्टकुटरहरु चोरी गरेको अभियोगमा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा इलाम माइका क्षितिज भन्ने २२ वर्षीय रोशन तामाङ, २० वर्षीय रोशन बुढाथोकी, सोही नगरपालिका–६ बस्ने २० वर्षीय रोशन गिरी, ३० वर्षीय राजेश गिरी, २० वर्षीय मनिष गिरी, पाँचथर फाल्गुनन्द घर भएका हाल झापा विर्तामोडका रोशन भन्ने २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङ सिदिङवाका २२ वर्षीय सन्दिप लिम्वु रहेका छन् ।

मोटरसाइकल तथा स्टकुटरहरु चोरी भएको भन्ने सवारी धनीहरु मार्फत प्राप्त निवेदन तथा सूचनाको आधारमा उक्त चोरी गर्ने मानिसको खोजी गर्ने क्रममा विर्तामोडका विभिन्न स्थानहरुवाट मे.११ प १००, मे.१० प २०६, लु.६६ प ४१६ नम्वरको मोटरसाइकल र प्र–१–०१–०१२–प २८२८ नम्वरको स्कुटर सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।
उनीहरुमाथि जिल्ला अदालत झापाबाट चोरीजन्य कसूरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot