Logo

२५१ केन्द्रीय कमिटीसहित वामदेवले राष्ट्रिय एकता अभियान शुरु गर्ने



काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय एकता अभियान घोषणा गरिसकेका छन् । त्यसमा उनी आफै संयोजक बनेका छन् । अभियानमा उनले देशभरका नेताहरुलाई पनि समेटेर पत्रकार सम्मेलन गरेरै कमिटीको घोषणा गर्न लागेका छन् ।

वामदेवको एकता अभियानको कमिटीको घोषणा यसै हप्ता हुने भएको छ । गौतम निकट स्रोतका अनुसार अभियानमा २५१ केन्द्रीय कमिटी समेत रहनेछ ।
१५०१ जना अभियानमा रहनेछन् । यसका लागि देशभरबाट नामावली संकलन अन्तिम चरणमा पुगेको छ ।

गौतमको राष्ट्रिय एकता अभियानमा बिघटित प्रतिनिधि सभाका सांसद देखि प्रदेश सभा सांसदहरु पनि हुनेछन् । नेकपाको कुनैपनि समूहमा नलागेकाहरु अभियानमा रहनेछन् ।

वैधानिक रुपमा नेकपा विभाजन नभएकाले गौतम एक बनाउन लागिपरेका हुन् । उनले पनि छुट्टै समूह बनाउर शक्ति प्रदर्शन गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot