Logo

प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण



काठमाडौं, १४ माघ । सम्माननीय प्रधान मन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजमा शुभारम्भ भएको कोभिड(१९ खोप केन्द्रको बुधबार निरीक्षण एवं अनुगमन सम्पन्न भएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले बुधबार बिहान खोप लगाएर शुभारम्भ गरेको उक्त खोप केन्द्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत १ सय जनालाई खोप लगाइएको सो अस्पतालले जनाएको छ ।

साथै उक्त केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका ३ हजार ७ सय ३५ जनालाई क्रमबद्ध रुपमा खोप लगाउने कार्यक्रम रहेको नेपाल प्रहरी अस्पतालले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot