Logo

किशोरीलाई राति जबरजस्ती करणी गरेपछि…



मकवानपुर, १० फागुन । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्रसरोबरमा बस्ने ३२ वर्षीय निङमा लामा पक्राउ परेका हुन् ।

ती किशोरीलाई गत मंसिर २९ गते राति लामाले उनकै घरमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot