Logo

भरुवा बन्दुक बरामद



कपिलवस्तु, ११ फागुन । भरुवा बन्दुक बरामदसहित एकजना व्यक्ति पक्राउ परेका छन् । शिवराज नगरपालिका९ रमुवादहस्थित शिवशक्ति सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक सोमबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

उक्त वनमा भरुवा बन्दुक फेला परेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot