Logo

विप्लवले पूर्णचन्द्र थापालाई ‘चिफसाब’ भन्दै सेनाको किन गरे प्रशंशा (भिडियोसहित)



काठमाडौं, २४ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली सेना र नेपाल प्रहरीको प्रशंशा गरेका छन् । उनले प्रधानसेनापति पूर्णचन्द्र थापाको नामै लिएर चिफ साब भने ।

‘पूर्णचन्द्र थापा चिफसाबले सेनालाई जागिर छाडेर विदेश नजानुहोस् भन्नुभयो, ठिकै भन्नुभयो,’ आज कपिलवस्तुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा विप्लवले भने,‘मान्छे रहरले विदेश जान्छ ?’

विप्लवले घुमाउरो तरिकाले नेपाली सेना र नेपाल प्रहरीले आफूहरुलाई साथ दिएको खुलाए । उनले भने,‘ नेपाल आर्मी र नेपाल प्रहरीले पनि प्रतिबन्ध लगाउनु गलत छ भनेको हुनुपर्छ । कर्मचारीले पनि गलत छ भनेको हुनुपर्छ ।’ आफूहरु सेना र प्रहरीविरुद्ध नलडेको स्पष्ट पारे ।
सेना र प्रहरीलाई स्पष्ट रुपमा उनीहरुविरुद्धको लडाई नभएको बताएको खुलाए ।

प्रहरी थानामा चामल समेत दिएको खुलासा गरे । विप्लवले भने,‘हामीले फलाएको चामल प्रहरीले पनि खानुभएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका साथीहरुले फलाएको चामल खाएर लड्यौं भन्नुहोला ।’

उनले सेना र प्रहरीलाई स्पष्ट रुपमा उनीहरुविरुद्धको लडाईं नभएको बताएको सुनाए । उनले भने,‘ हामीले भन्यौं तपाईंहरुका विरुद्ध लडाईं होइन । देशलाई लुट्नेकाविरुद्ध लडाईं हो ।’

आफूहरुले सेना र प्रहरीलाई नछोएको प्रष्ट पारे । उनले भने,‘ हामीले सेना र प्रहरीलाई छोएका छैनौं भन्यौं । भ्रष्ट र दलालविरुद्ध हाम्रो लडाईं हो साथ दिनुहोस् भन्यौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot