Logo

सन्ध्या तिवारीको एमाले र गोपाल किराँतीको माओवादी केन्द्रले नाम जुराउनुपर्ने



काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले सर्वोच्च अदालतको २३ फागुनको फैसलामा टेकेर आज नेकपा एमाले र माओवादी केन्द्रबारे ६ वटा निर्णय गरेको छ । निर्णय बमोजिम अब नेकपा एमाले र माओवादी केन्द्रले एकता गर्ने भए नयाँ नाम र चिन्ह जुराउन १५ दिनभित्र जानुपर्ने भएको छ ।

आयोगले सन्ध्या तिवारीको अध्यक्षतामा गठन भएको नेकपा एमाले र गोपाल किराँती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रको नयाँ नाम र चुनाव चिन्ह जुराउने गरी १५ दिनभित्र आउन जानकारी गराउने निर्णय समेत गरेको छ ।

तिवारीको अध्यक्षतामा नेकपा एमाले दर्ता भएको थियो । उनी ओली निकट नै मानिन्छिन् । किराँतीको अध्यक्षतामा माओवादी केन्द्र दर्ता भएको थियो ।

यी दुई दल दर्ता भएपनि एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको फैसला बमोजिम निर्वाचन आयोगले नयाँ नाम जुराउन भन्ने भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा दर्ताको प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने निर्णय पनि गरेको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला बमोजिम नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण भई बनेको नेकपा दल दर्ताको प्रकाशन भएको स्रचना राजपत्रबाट खारेज गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot