Logo

‘तिमीसँगै हुने मन छ’ मा नाजिरसँगै दीपिका



काठमाडौं, २५ फागुन । नेपाली फिल्मका अभिनेता नाजिर हुसेनले ‘तिमीसँगै हुने मन छ’ फिल्म निर्माणपक्षसँग सम्झौता गरेका छन् । निर्देशक दिवाकर भट्टराईको निर्माण र निर्देशनमा बन्न लागेको उक्त फिल्ममा नाजिरले कागजी हस्ताक्षर गरेका हुन् ।

म्युजिक भिडियोमा निकै व्यस्त नाजिरको यस फिल्ममा भुमिका सशक्त रहेको स्रोतले जनाएको छ । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको प्रेम कथामा आधारित यस फिल्ममा नाजिरसँगै नायिका दीपिका प्रसाई र रोहित सुचान्तीको पनि लिड रोल रहने स्रोतले जनाएको छ । अभिनयमा अब्बल नाजिरले फिल्मी करिअरमा सोचेजति सफलता नपाएपनि उनी भने म्युजिक भिडियोमा व्यस्त छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot