Logo

प्रभासको ‘आदिपुरुष’ मा कृति सेनको इन्ट्री



एजेन्सी, २८ फागुन । साउथ सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ को घोषणा गरेसँगै चर्चा भएको छ । ओम राउतद्वारा निर्देशित फिल्ममा प्रभासले रामको भुमिका र सैफ अलि खानले रावणको भुमिकामा देखिने भएका छन् । भर्खरै मात्र फिल्ममा अभिनेत्री कृति सेनको प्रवेश भएको छ ।

कृति सेन यस फिल्ममा प्रभासको अपोजिट रोलमा देखिने भएकी छिन् । कृति सेनले ट्विटरमा दुई तस्वीर शेयर गर्दै ‘आदिपुरुष’को हिस्सा बन्न पाएकोमा खुशी व्यक्त गरेकी छिन् ।
यस फिल्ममा स्वीटी फेम कलाकार सनी सिंह पनि अभिनय गर्ने भएका छन् ।

फिल्ममा अभिनेत्री कीर्ति सुरेशले सीताको भुमिका निभाउदैछिन् । बहुपतिक्षित फिल्म आदिपुरुष फिल्म को २०२२ मा रिलिजको घोषणा गरिएको छ । फिल्मलाई तमिल, तेलुगु, कन्नड लगायत हिन्दीमा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । फिल्मलाई ३५० करोड देखि ४ सय करोड बजेट छुट्टाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot