Logo

सीताको भुमिकामा आलिया



एजेन्सी, १ चैत्र । बलिउड अभिनेत्री आलिया भट्टलाई पछिल्लो समयमा प्रोजेक्टको लाइन लागेको छ । बलिउडको साथै हाल आलियाको हातमा बहुप्रतिक्षित साउथ फिल्म ‘आरआर’ पनि छ । एसएस राजामौलीको यस फिल्ममा जुनियर एनटीआर, राम चरण र अजय देवगन पनि रहेका छन् ।

बेवदुनियाको अनुसार यस फिल्ममा आलिया सीताको रुपमा देखिने भएकी छिन् । आलियाकै जन्मदिनको दिन १५ मार्चमा फिल्म रिलिज हुने भएको छ । उनले सीताको रुपमा अभिनय गर्न पाएकोमा निकै उत्साहित भएको भन्दै इंस्टाग्राममार्फत शेयर गरेकी हुन् । १५ मार्चमा आलियाको जन्मदिनको अवसरमा फिल्म रिलिज हुने भएको छ । राजमौलीको फिल्म बाहुबलीले बलिउड तथा अन्य देशहरुमा धमाका मच्चाएको थियो । यो फिल्मलाई १० भाषामा रिलिज गर्ने जनाइएको छ ।

बहुप्रतिक्षित यस फिल्ममा तेलुगु फिल्म उद्योगका दुई सुपरस्टारहरु जुनियर एनटीआर र रामचरण पहिलो पटक स्क्रिनमा देखिदै छन् । फिल्मको चर्चा घोषणाको समयमा नै भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot