Logo

दिल्लीमा कोभिड–१९ सङ्क्रमण दर ०.६ प्रतिशत



चैत २: भारतको संघीय राजधानी नयाँ दिल्लीमा कोभिड–१९ सङ्क्रमण दर ०.६ प्रतिशतमा झरेको दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले सोमबार बताएका छन् ।

उनले भने, दिल्लीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या आइतबार ४०७ रहेकोमा आज त्यसमा पनि कमी आई ४०० भन्दा कम सङ्क्रमण पुष्टि भएको छ । यद्यपि दिल्लीको सङ्क्रमण दरमा कहिले ह्वात्तै माथि जाने र कहिले कम रहने गरेकोले अझै कोभिड–१९ विरूद्ध अपनाइएका सावधानीका उपायलाई केही समय निरन्तरता दिनुपर्ने हुनसक्छ ।”

दिल्लीमा कुनै समय कोभिड–१९ सङ्क्रमितको दर करिब १५ प्रतिशत पुगेको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमण दरलाई पाँच प्रतिशतभन्दा तल राखिएका स्वास्थ्य प्रणालीले काम गर्ने बताएको छ ।

“दिल्लीमा सङ्क्रमण दर करिब दुई महिनादेखि दुई प्रतिशतभन्दा कम रहेको छ र यो अन्य मुलुकको तुलनामा सन्तोषजनक अवस्था हो,” उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताए ।उनले थपे, “राष्ट्रिय राजधानी दिल्लीमा कोभिड– १९ को सङ्क्रमण दर ०.६ मा झर्नु राज्य सरकारका लागि एउटा महत्वपूर्ण उपलब्धी हो ।

महाराष्ट्रमा कोभिड–१९ सङ्क्रमण दर १६ प्रतिशत रहेको छ भने गुजरातमा दिल्लीभन्दा तेब्बर बढी र पञ्जावमा छ गुणा बढी रहेको छ । पञ्जाबमा सकारात्मकताको दर छ गुणा पुगेको छ भने केरलाको सात गुणा र महाराष्ट्रको सङ्क्रमण दर दिल्लीको तुलनामा ३० गुणा बढी छ ।”केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा हाल दुई हजार २६२ कोरोना भाइरसका सक्रिय सङ्क्रमित विरामी दुई हजार २६२ रहेका छन् ।अहिलेसम्म दिल्लीमा कोभिड–१९ सङ्क्रमित छ लाख ३० हजार ४९३ व्यक्ति निको भई घर फर्किएका छन् ।

यसैबीच, भारतमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित नयाँ विरामीको सङ्ख्या भेटिएका र उक्त अवधिमा १६ हजार ६३७ व्यक्ति निको भई घर फर्किएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

ताजा सङ्क्रमितको थप सङ्ख्यासँगै देशभर कूल सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको छ जसमध्ये एक करोड १० लाखको हाराहारीमा सङ्क्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित १६१ को मृत्यु भएको र अहिलेसम्म यस महामारीका कारण एक लाख ५८ हजार ६०७ ले ज्यान गुमाएका भारतीय अधिकारीहरूले बताएका छन् ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot