Logo

कोरोना महामारीका कारण ८४ प्रतिशत देशको वायु गुणस्तरमा सुधार



एजेन्सी ५ चैत: कोरोना भाइरस लकडाउनका कारण विश्वका अधिकांश राष्ट्रको वायु गुणस्तरमा सुधार देखिएको छ । एक नयाँ अध्ययनका अनुसार कैयौं राष्ट्रका सरकारहरुले लगाएको प्रतिबन्ध फुकुवा गरेमा तथा अर्थतन्त्र पुरानै गतितर्फ उन्मुख भएमा प्रदुषण स्तर बढ्न सक्नेछ ।

आईक्यूएयरको २०२० विश्व वायु गुणस्तरको रिपोर्ट अनुसार लकडाउनमा उद्योगबाट निस्कने मानव सम्बन्धित उत्सर्जन र यातायात घटेको तथा २०१९ को तुलनामा २०२० मा ६५ प्रतिशत शहरहरुले वायुको गुणस्तर राम्रो भएको अनुभव गरे । ८४ प्रतिशत देशहरुले वायु गुणस्तरमा सुधार भएको सूचना दिएका छन् ।

रिपोर्टमा भनिएको छ , ‘कोभिड १९ र वायु प्रदुषणबिचको सम्बन्धले उत्तरार्धमा नयाँ प्रकाश पारेको छ, विशेष गरी कैयन् स्थानमा स्वच्छ तथा सफा हावा देखिएको छ, तत्कालको सामुहिक कदमबाट वायु गुणस्तरमा सुधार सम्भव भएको खुलासा पनि गरिएको छ ।’

विश्वव्यापी वायु गुणस्तर सूचना र प्राविधिक कम्पनी,आईक्यूएयरका अनुसन्धानकर्ताहरुले विशेषगरी पिएम २.५, गम्भिर स्वास्थ्य समस्या निम्त्याउन सक्ने एक माइक्रोस्कोपिक प्रदूषकको मापन गरी १०६ देशहरुबाट प्रदुषणको तथ्यांक विश्लेषण गरेका हुन् ।

सिंगापुर,बेइजिंग र ब्यांग्ककले कडा प्रतिबन्धकासाथ गरेको लकडाउन र व्यापक व्यापार बन्द गर्दा पीएम २.५ मा कमी देखिएको छ । तर यसको प्रभाव धेरै समयसम्म रहिरहनेछैन । कोभिड १९ को नियन्त्रणका उपायहरु अन्त्य हुँदा र व्यापारको पुनः सुरुवात भएसँगै वायु प्रदुषणको स्तर बढ्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

विश्वकै सबैभन्दा धेरै प्रदुषण हुने स्थानहरुको सूचिमा दक्षिण एशियाली तथा पूर्वी एशियाका स्थानहरु अग्रस्थानमा कायम रहेका छन् । विश्वकै ५० सर्वाधिक प्रदूषित शहरमा बंग्लादेश, चीन, भारत र पाकिस्तानका ४९ शहरहरू पर्दछन् ।

होटान, चीनको पश्चिमी सिनजियाङ क्षेत्रको एक ओसिस शहरले, २०२० को सर्वाधिक प्रदूषित शहरको सूचिमा पहिलो स्थान ओगटेको छ । यसको पीएम २.५ को वार्षिक स्तर औसतमा ११०.२ माइक्रोग्राम्स पर क्यूकिब मिटर रहेको थियो जुन विश्व स्वास्थ्य संगठनको वार्षिक प्रदर्शनको लक्ष्य भन्दा ११ गुणाले धेरै हो । होटनको चरम सीमामा सो स्तर मार्चमा २६४.४ को स्तरसम्म पुग्यो जसलाई खतरनाक क्षेत्रको गहिराई मानिन्छ ।

सिनजियाङको कोइला र फोसिल इन्धनको उत्सर्जनमा तिव्र वृद्धि भएको रिपोर्टले जनाउँछ । मानिसहरुका कारण भूक्षयमा गिरावट र जलवायु परिवर्तनले पनि खडेरीको गम्भिरता बढाएको छ जसले अत्याधिक प्रदूषणमा योगदान पुर्याउने बालुवाको आँधी र धुलो आँधीबेरीको सिर्जना गर्दछ ।

यसैगरी चीन विश्वकै सबैभन्दा ठुलो कोइला उत्पादक तथा उपभोक्ता रहेर पीएम २.५ प्रदूषणको प्रमुख याेगदानकर्ता बनेको छ । यस देशले नविकरणिय उर्जामा ठुलो प्रगति गरिरहेको छ तर यस्ता श्रोतहरुले चीनको उर्जा खपतको केवल २३ प्रतिशत हिस्सा ओगटेको छ जबकि कोइलाले ५८ प्रतिशत हिस्सा ओगट्छ ।

होटान पछि सबैभन्दा प्रदुषण हुने शहरहरुमा १३ शहर भारतको पर्दछ । भारतमा प्रदुषण हुने मूख्य कारक यातायात,निर्माण कार्य तथा फोहोर जलाउनु रहेको छ ।

भारतको उत्तरी पञ्जाब र हरियाणा प्रदेशमा कृषकहरुले पराल बाल्ने अभ्यास गरिरहेका छन् । त्यहाँ आगामी बाली उत्पादनकालागि जानाजान खेती हुने जग्गामा आगो बालिन्छ । सन् २०२० मा पञ्जाबमा पराल बाल्ने घटनाहरु रेकर्ड स्तरमा पुगेर २०१९ को तुलनामा सो वर्ष ४६.५ प्रतिशतले वृद्धि भयो । भारतको राजधानी दिल्लीमा हुने ४० प्रतिशत वायु प्रदुषण पञ्जाबको खेतमा लगाइएको आगोले हुने रिपोर्टमा उल्लेख छ ।

२०२० मा मानव सम्बन्धित उत्सर्जनमा भएको विश्वव्यापी कमी जंगलमा आगलागी र आँधीबेरी जस्ता चरम वायु प्रदुषणका घटनाहरुबाट आंशिक रुपमा ओगटिएको थियो, जुन विश्वव्यापी जलवायु संकट तथा अप्रत्याशित मौसमसँग जोडिएको छ । अमेरिका, अष्ट्रेलिया, दक्षिण अमेरिका, इन्डोनेशिया र अन्य देशको जंगलमा भएको विनाशकारी आगलागीले केहि भागहरु नष्ट गरेको थियो भने वायु प्रदुषणमा वृद्धि र ग्रीनहाउस ग्यासहरुको ठुलो परिणाममा उत्सर्जन गर्यो । साओ पाउलो, लस एन्जल्स र मेलबर्नका जंगलहरू गम्भिर आगलागिबाट प्रभावित बनेका थिए । यसरी २०१९ को तुलनामा पएिम २.५ स्तरमा सबैभन्दा धेरै वृद्धि देखिएको हो ।

तर यिसँगै केहि चहकिला दागहरु पनि यहाँ छन् । दक्षिण एशियाका सबैभन्दा प्रदुषित २५ शहरहरुले पीएम २.५ मा २०१९ पछि केहि गिरावट पाएको छ वा यी शहरमा समग्रमा गत चार वर्षभित्र गिरावट देखिएको छ । पूर्वी एशियाली देशहरुले पनि वायु गुणस्तर सुधार गर्न प्रयास गरेका छन् फलस्वरुप यी क्षेहरुमा पएिम २.५ स्तर सामान्यतया तलतिर झर्दैछन् । २०२० मा कोइलाले वायु प्रदुषणमा पार्ने मौसमी असरलाई न्यूनिकरण गर्न नयाँ उपायहरु लागू गरेपछि दक्षिण कोरियामा सबै शहरहरुमा वायुको गुणस्तर सुधार आएको छ ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot