Logo

वैशाखदेखि जनगणना सुरु हुँदै, ४ अर्ब रुपैयाँ खर्च हुने



चैत ६, काठमाण्डौ । केन्द्रिय तथ्याङक विभागका अनुसार १२ औँ राष्ट्रिय जनगणना २०७८ सालको बैशाख जेष्ठ र असारमा सञ्चालन गर्ने तयारी रहेको छ । अहिले सम्म जनगणनाका पूर्वका कामहरु सबै जिल्ला र प्रदेशहरुमा ८७ वटा कार्यालय स्थापना गर्ने र उक्त ठाउमा खटिने प्रमुख जिल्ला अधिकारी जिल्ला जनगणना अधिकारी र सहायक जिल्ला अधिकारी प्रत्येक जिल्लामा व्यवस्थापन गरिएको छ । अन्य व्यवस्थापकिय कर्मचारीको व्यवस्थापनका कार्य भैरहेको विभागका निर्देशक डा. हेमराज रेग्मीले बताएका छन् ।

विगतमा व्यक्तिगत अन्तर्वाता गरेर विवरण संकलन गर्ने गरिएको थियो । तर यस बर्ष विगतका बर्षमा भन्दा अतिरिक्त विधिबाट कार्यगर्ने योजना रहेको छ । कम्पुटरको माध्यमबाट र इमेल मार्फत प्रंश्नहरु संकलन गर्ने योजना रहेको छ । जसका लागि ५० हजार भन्दा बढी जनसंक्ति आवश्यक पर्ने केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।

त्यसमध्ये करिव ४९ जना गणकहरु करिव १ महिनाको लागि ८ हजार जना सुपरिर्वाेक्षक २ महिनाको लागि जसलाइ खुल्ला बजारबाट पुर्ति गर्ने योजना रहेको छ । त्यस बाहेकको व्यवस्थापकिय जनशक्ति काजमा ल्याएर व्यवस्थापन गर्ने योजना छ । गणना पुर्वका कार्य तालिका करिव सम्पन्न भैसकेको रेग्मीले बताए ।

नेपालको जनसंख्या वृद्धिदर विगतका बर्षमा भन्दा घट्ने अनुमान गरिएको छ । जन्मदर घट्नु र मृत्युदरमा समेत कमीका कारण जनसंख्या वृद्धिदर घट्ने अनुमान गरेको रेग्मी बताउँछन् ।

जनगणना पूर्वका तयारी जगाना पश्चात गरिने खर्चको निमित ५ अर्ब खर्च लाग्ने योजना भएता पनि नेपाल सरकारबाट आवश्यक बजेट विनियोजन नहुदा करिब ४ अर्ब खर्च गरेर जगाना गर्ने योेजना रहेको छ । नेपालमा विसं १९६८ (सन् १९११) मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता प्रत्येक दश–दश वर्षमा जनगणना हुँदै आएको छ । पछिल्लो पटक सम्पन्न राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार देशको कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्