Logo

सांसद पद गए जाओस्, प्रधानमन्त्री ओलीको अराजक कामका सामु झुक्दिनँः भीम रावल



काठमाडौं, ९ चैत्र । नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नझुक्ने दृढता व्यक्त गरेका छन् । उनले आफ्नो सांसद पद गएपनि ओलीसामु नझुक्ने बताए ।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने अधिकार अवैध केन्द्रीय कमिटीलाई नरहेको टिप्पणी गर्नुभएको छ ।

रेडियो एनआरएनमा ऋषि धमलासँग कुरा गर्दै ओलीको पार्टीभित्रको पछिल्लो कदमको चर्को आलोचना गरे । ‘अनुशासनहिन, अराजक, निरंकुश र स्वेच्छाचारी काम हो, त्यो कामको विरोधमा पार्टीका नवौं महाधिवेशन र जनताको बहुदलिय जनवाद मान्ने, यो देशको स्वाधिनता, स्वतन्त्रता र राजनीतिक स्थायीत्व चाहने सम्पूर्ण सदस्यहरुले त्यस्को अवज्ञा गर्नुपर्छ भन्ने मेरो भनाइ छ, मैले पदको लागि राजनीति आजसम्म गरेको छैन् र आगामी दिनमा पनि गर्दिन, अवैध स्पष्टीकरण म मान्दिँन सांसद पद गए जाओस् ,’ रावलले भने।

ऐन, कानुन र संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कथित कमिटीको बैठकले कारवाहीका लागि स्पष्टिकरण सोध्नु अवैध भएको बताए । उनले भने, ‘सांसद पद गएपनि प्रधानमन्त्री ओलीका गलत कदमका अगाडी झुक्दिनँ ।’

राजनीतिक नैतिकता नभएको व्यक्तिले बोलाएको अवैधानिक केन्द्रीय कमिटी बैठकका निर्णय नमान्ने उनको दाबी छ ।

नेता रावलले जुन व्यत्तिले पार्टीको विधानको ठाडो उल्लंघन गरिरहेको छ उसैले अरुलाई अवैध बैठकबाट कारवाहीको निर्णय गर्नु सरासर गलत भएको उल्लेख गरे ।
गत शनिबार एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot