Logo

करण जोहरको फिल्मबाट डेब्यु गर्दै शनाया कपुर



एजेन्सी, ९ चैत्र । बलिउड कपुर र खान परिवारले भरिभराउ छ । कपुर खानदानका अर्जुन कपुर, जाह्वनी कपुर र सोनम कपुरलाई डेब्यु गराएका करण जौहरले शनाया कपुरलाई बलिउड प्रवेश गराउदै छन् ।

आज (२२ मार्च) मा करणले सामाजिक सञ्जालबाट बलिउडको नयाँ यात्राको जानकारी दिएका हुन् । करणले भर्खरै मात्र ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी शुरु गरेका छन् । त्यसमा शनाया कपुर पनि जोडिएकी छिन् । शनायाका केही तस्वीरको साथमा करणले जुलाईबाट सुरु हुने फिल्म ‘धर्मा’मा सफल यात्रा र रोमान्चक हुने भन्दै लेखेका छन् ।

शनाया बोनी कपुर र अनिल कपुरको भाई सन्जय कपुरको छोरी हुन् । उनी बलिउडका बादशाह शाहरुख खानको छोरी सुहाना, अमिताभकी नातिनी नव्याको मिल्ने साथी हुन् । बोनी कपुरको छोरा अर्जुन कपुरलाई पनि करणले नै धड्क बाट बलिउडमा प्रवेश गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot