Logo

ओलीजीले एमालेलाई पनि विभाजित गर्न चाहनुहुन्छ भन्ने कुरा प्रमाणित भयो : ज्ञवाली (भिडिओसहित)



काठमाडौं, १८ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेता युवराज ज्ञवालीले पार्टी एकता नै भंग गरिदिने सर्वोच्च अदालतको फैसला गलत रहेको टिप्पणी गरेका छन् । तर, अदालतको फैसलालाई आफूहरुले स्विकार गर्दै अघि बढेको नेकपा (एमाले) लाई बलियो बनाउनतर्फ लागेको अवस्थामा गत फागुन २८ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी बैठक राखेर निर्णय गरेको पनि उनले सुनाए ।

आफूहरुले फागुन २३ गते यता ओलीले गरेका सबै निर्णय फिर्ता लिन भनेको तर ओलीले अहिलेसम्म निर्णय फिर्ता नलिएको पनि उनले स्मरण गराए । आफूहरु पार्टी एकताकै पक्षमा रहेपनि ओलीले आफूहरुलाई पार्टीमा आउन नदिनको लागि पर्खाल लगाउने काम गरेको ज्ञवालीको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋीष धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीका सबै कमिटीमा आफूहरु नै बहुमतमा रहेको सुनाए । उनले अब एकीकरण पूर्वको अवस्थामा फर्कनुपर्ने धारणा राखे । उनले आफूहरुले एकताकै पक्षमा पछिल्लो समय पहल गरेको सुनाए । उनले प्रधानमन्त्री ओली एमालेलाई विभाजित गर्न उद्धत रहेको दाबी गरे । यसको पुष्टि ओलीले पछिल्लो गरेका निर्णयले पनि गरिसकेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्