Logo

बामदेव गौतम र हामी एउटै ठाउँमा उभिदै छौंः माधवकुमार नेपाल



काठमाडौं, २२ चैत्र । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू र बामदेव गौतम एकै ठाउँमा उभिने खुलासा गरेका छन् । उनले गौतमसमेत एकै ठाउँमा उभिएपछि आफूहरु सशक्त हुने दाबी गरे ।

‘बामदेव गौतम र हामी एकै ठाउँमा उभिदैछौं,’ नेपालले आज राजधानीमा आयोजित भेलामा भने,‘हामी झन् बलियो हुनगइरहेका छौं ।’

बामदेव गौतमसमेत आएपछि आफूहरुको पक्षमा ९७ जना केन्द्रीय सदस्य रहने बताए । स्थायी कमिटीमा २२ मध्ये १२ जना आफूहरुको पक्षमा रहेको र पोलिटब्युरोमा ४४ मध्ये २४ जना पक्षमा रहेको दाबी गरे ।

आफूहरु संगठनका हिसाबले कमजोर नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जाल झेल गरेर नवौं महाधिवेशनमा अध्यक्षमा जित हासिल गरेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री पदको फूर्ति नलगाए हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot