Logo

राजीनामा दिने/नदिनेबारे संसदमा जवाफ दिन प्रधानमन्त्री ओलीलाई प्रधानको आग्रह (भिडिओसहित)



काठमाडौं, २३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कुरा संसदमा आएर राख्न सुझाव दिएका छनु । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले राजीनामा दिने वा नदिनेबारे संसदमा स्पष्ट पार्नुपर्ने पनि धारणा राखे । उनले आफ्नो पार्टीले आधिकारिक रुपमै प्रधानमन्त्री ओलीको राजीनामा मागिसकेको पनि सुनाएका थिए । यस्तो अवस्थमा प्रधानमन्त्रीको धारणा के हो ? भनि पनि उनले प्रश्न राखे ।

उनले भेन,‘हाम्रो पार्टी नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागिसकेको छ । नेकपा माओवादी केन्द्रले पनि यो सरकारलाई कामचलाउ भनिसकेको छ । सरकारले अहिलेसम्म बेवास्ता गरेको छ । सरकारले सदनमा आएर जवाफ दिनुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot