Logo

कोरोना खोपको पहिलो डोज लिएपछि संक्रमित भईन् बलिउड अभिनेत्री नगमा



एजेन्सी, २६ चैत्र । केही समय यता बलिउडका कलाकारहरु कोरोना संक्रमित भइरहेका छन् । संक्रमितको हुनेको सुचिमा अभिनेत्री तथा नेता नगमा पनि थपिएकी हुन् ।

नगमाले सामाजिक सञ्जाल ट्विटमार्फत आफु संक्रमित भएको जानकारी दिएकी हुन् । उनले कोरोना खोपको पहिलो डोज लगाएपछि संक्रमित भएको बताएकी छिन् । नगमा हाल आफ्नै घरमा क्वारेन्टिनमा बसेकी छिन् ।

उनले ट्विटमा लेखेकी छिन्, ‘केही दिन अगाडी कोरोना खोपको पहिलो डोज लिएको थिए । आज कोभिड–१९ जाँच गराउँदा पोजेटिभ देखियो ।’ उनले आफुसँग सम्पर्कमा आएका सबैलाई जाँच गराउन पनि आग्रह गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot