Logo

हातहतियार सहित तीन पक्राउ



काठमाडौं, २२९ चैत्र । विभिन्न हातहतियार सहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पकाउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँ बस्ने ५५ वर्षीय नकछेद पाछी र बाँके कोहलपुर नगरपालिका-१४ बस्ने ३२ वर्षीय सुरज लामिछाने रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot