Logo

प्रधानमन्त्रीविरुद्ध कांग्रेसले अविश्वासको दर्ता गर्छ : भीमसेनदास प्रधान (भिडिओसहित)



काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई कुनै विजनेस नै नदिएर स्थगित गरेकोमा आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री ओलीको सोच नै ‘म नै राज्य हुँ, मेरो अगाडि कसैले केही गर्न सक्दैन्’ भन्ने देखिएको पनि टिप्पणी गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओली स्वेच्छाचारी र निरंकुश ढंगबाट अघि बढिरहेको आरोप लगाए ।

उनले आफरुहरुले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पनि तयारी भैरहेको जनाए । यसअघि पनि आफ्नो पार्टीले प्रधानमन्त्री ओलीको राजीनामा पनि मागिसकेको सुनाए । उनले भने,‘प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ । हामी आन्तरिक तयारी र छलफलमा छौं।’ उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक थियो भन्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot