Logo

प्रधामन्त्रीको सपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा, आजै सुनुवाई हुँदै



काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरूद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा हुने भएको छ। प्रधानमन्त्री ओलीलाई गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले चार वटा छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । ती चार वटै रिटमाथि आज सुनुवाई हुने भएको हो ।

प्रधानमन्त्री ओलीले सपथ लिने क्रममा प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गर्न मानेका थिएनन् । राष्टपतिले दोहोर्याएर उक्त शब्द उच्चारण गराउँदासमेत प्रधानमन्त्रीले त्यो पर्दैन् भनेका थिए । लगत्तै राष्टपति भण्डारी हिहि गरेर हाँसेकी थिईन् । प्रधानमन्त्रीको सपथ विवादमा मुछिएको हो । सामाजिक सञ्जालमा त्यसको धेरै निन्दा भएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot