Logo

मागको ८३ प्रतिशत सिमेन्ट मात्र स्वदेशी उद्योगबाट



काठमाडौं, जेठ ८ । नेपालमा कुल मागको करिब ८३ प्रतिशत सिमेन्ट आन्तरिक उत्पादनले धान्दै आएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी स् आर्थिक–सामाजिक प्रभाव’ सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

नेपालमा सञ्चालित सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता वार्षिक १ करोड ५० लाख टन रहे पनि हाल ७४ लाख ९० हजार टन मात्र उत्पादन हुँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

यो नेपालको कुल मागको करिब ८३ प्रतिशत मात्र हो । हाल आन्तरिक बजारमा सिमेन्टको वार्षिक माग ९० लाख ५० हजार टन रहेको प्रतिवेदनले औंल्याएको छ । अपुग करिब १७ प्रतिशत सिमेन्ट बाहिरबाट आयात हुने गरेको छ । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्