Logo

केपी ओलीलाई प्रधानमन्त्रीको पद जोगाउने मात्रै चिन्ता छ, एकताको चिन्ता छैन् : विरोध खतिवडा (भिडिओसहित)



काठमाडौं, २० जेठ । नेकपा (एमाले) का माधव नेपाल पक्षधर नेता विरोध खतिवडाले आफूहरुको अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ता नभएको स्पष्ट पारेका छन् । तर, अहिले वार्ता भैरहेको छ भनेर बालुवाटारले प्रोपागाण्डा चलाएको उनको टिप्पणी छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

माधव नेपाल, झलनाथ खनाल र भीम रावललाई पार्टीबाट निश्काषन गरेर कसरी वार्ता हुन्छ ? भन्दै उनले केही नेताहरुले व्यक्तिगत रुपमा गरेको कुारकानीलाई वार्ता भन्न नमिल्ने स्पष्ट पारे । प्रधानमन्त्रीको पद जोगाउनको लागि ओली चिन्तित भएको तर पार्टी एकता जोगाउनको लागि कुनै चिन्ता नभएको उनको भनाई छ ।

उनले समानुपातिक सांसदलाई मात्रै निश्काषन गरेको सुनाए । पार्टीप्रति ओलीलाई चिन्ता नभएको खतिवडाले जिकिर गरे । उनले सर्वोच्च अदालतको संवैधानिक इजलाशको बेन्च तलमाथि पर्ने भयो भनेपछि अब बर्बाद हुने भयो भनेर २०७५ जेठ २ गते फर्किन तयार भएको नाटक गरेको पनि सुनाए । उनले ओली अहिले सत्तामा भएकोले लोभ, लालच देखाएको पनि सुनाए । केपी ओलीले साँच्चिकै पार्टी एकता चाहिएको हो भने इमानदार भएर निर्णय गरे भैगयो नि भन्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot