Logo

नवनियुक्त मन्त्री अनिल झाको टिप्पणी : म अहिलेपनि केपी ओलीको समर्थक होईन, उहाँ हाम्रो लागि न प्रिय, न अप्रिय (भिडिओसहित)



काठमाडौं, २२ जेठ । नवनियुक्त खानेपानी तथा सरसफाईमन्त्री अनिल झाले आफूहरुको एजेण्डा सम्बोधन गराउन सरकारमा सहभागी भएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान संशोधनको लागि कार्यदल गठन भएको पनि स्पष्ट पारे ।

कार्यदलले दिएको प्रतिवेदनअनुसार संविधान संशोधन हुने पनि उनको भनाई छ । उनले रेशम चौधरीको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको भन्दै अहिले नै चौधरीको रिहाई गराउँछु भनेर भन्नु गलत हुने टिप्पणी गरे । तर, उनले रेशम चौधरी रिहाई हुनेमा आफू विश्वस्त रहेको मन्त्री झाको भनाई छ । झाले आफ्नो पार्टी विभाजन नभएको पनि जिकिर गरे ।

उनले जसपा बास्तवमा बनिनसकेको पनि जिकिर गरे । हिजो उपेन्द्र यादव संकटमा परेकोले एकता भएको पनि स्मरण गराए । मन्त्री झाले आफू अहिलेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन नभएको स्पष्ट पारे । उनले भने-“अहिले जसपा र एमालेको सहकार्य हो । मैले न उहाँलाई बोकेको छु, न उहाँले मलाई बोक्नुभएको छ । यो त सहकार्य हो । केपी ओलीले मधेशलाई गाली पनि गरे, मधेशीमाथि गोलीपनि ठोक्न लगायो । केपी ओली हाम्रो लागि न प्रिय हो, न अप्रिय हो । उहाँले गोलीपनि ठोक्न लगाउनुभयो, तर उहाँले गोली ठोकेको महशुस गरेर मुद्दा सम्बोधनको प्रयत्नपनि उहाँले नै गर्नुभयो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot