Logo

मध्यपहाडी राजमार्गमा ८६ पुल निर्माण



काठमाडौं, असार १७ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइनअनुसार १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनको चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले बताएको छ ।

आगामी २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झाता हुन बाँकी रहेको निर्देशनालयका प्रमुख अर्जुन अर्यालले बताए । उनका अनुसार हालसम्म २२ पुल निर्माणाधीन छन् भने र २१ पुल ठेक्का हुन बाँकी छ । निर्माण शुरू हुन बाँकी पुलमध्ये अहिले सात पुलका ठेक्का भइसकको छ भने चारओटा ठेक्का सम्झौताका लागि सूचना निकाल्ने चरणमा छ ।

तीबाहेकका अरू पुलसमेत ठेक्का निकाल्ने क्रममा भए पनि निषेधाज्ञाका समयमा ठेक्का निकाल्न नपाइने सर्वोच्च अदालतको निर्णयका कारण अघि बढ्न नसकिएको उनले बताए । ‘दुई चारओटा पुलका ठेक्का निकाल्ने तयारी भए पनि कोभिड र निषेधाज्ञाको कारणले सकिएको छैन,’ उनले भने ।

चालू आवमा राजमार्ग निर्माण आयाजनामा तीन पुल मात्रै सम्पन्न भएको छ । त्यसभन्दा धरै संख्यामा सम्पन्न गर्न लक्ष्य भए पनि विभिन्न समस्याका कारण लक्ष्यअनुसार काम नभएको उनले बताए । हाल निर्माणाधीन २२ पुलमध्ये सात सक्ने लक्ष्य भए पनि त्यसअनुसार प्रगति नभएको उनको भनाइ छ । ‘अझै पनि मसान्तसम्ममा केही संख्या थपिन सक्छ,’ उनले भने ।

उक्त राजमार्गलाई देशको मध्यपहाडको विकासको आधारमा रूपमा सरकारले अघि बढाएको छ । पूर्व–पश्चिम ९महेन्द्र० राजमार्ग, हुलाकी राजमार्गपछि मुलुकको पूर्वदेखि पश्चिम जोड्ने तेस्रो राजमार्गको रूपमा यो राजमार्ग रहेको छ । पाँचथरको चियो भञ्ज्याङबाट शुरू भएको यो राजमार्ग बैतडीको झुलाघाटसम्म रहेको छ । राजमार्ग निर्माणसँगै नयाँ शहर विकास हुने अपेक्षा गरिएको छ ।

मध्यपहाडी राजमार्ग आयोजना आव २०७९र८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यद्यपि अझै कतिपय स्थानमा रेखांकन परिवर्तन गर्नुपर्ने माग भइरहेको छ । पुल निर्माणका लागि दुई–तीन वर्ष समय लाग्ने भएकाले र समयमै सम्पन्न गर्न बाँकी स्थानमा सडक र पुल निर्माणका लागि प्रक्रिया अघि बढाइनुपर्ने सडक विभागले बताउँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot