Logo

गठबन्धनका नेताले यी सांसदमध्येबाट मन्त्रीका लागि छान्दै



काठमाडौं, १३ साउन । गठबन्धनका दलहरुमा मन्त्री बन्ने दौड तिव्र भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारका लागि मन्त्रालय बाँडफाँड र नामको टुंगो लगाउन सक्रियता देखाएसँगै दौडधूप बढेको हो ।

मन्त्री बन्ने दौडमा नेपाली काँग्रेसबाट सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, डा. नारायण खड्का, दिलेन्द्रप्रसाद बडु, डा. डिला संग्रौला, उमाकान्त चौधरी, उमा रेग्मी, चित्रलेखा यादव, देवेन्द्रराज कँडेल, पुष्पा भुषाल, पद्मनारायण चौधरी, भरतकुमार शाह, मानबहादुर विश्वकर्मालगायत छन् । देउवाले आफ्नो पक्षबाट ३ जनालाई मन्त्री बनाइसकेकाले अधिकतम् ६ जनामात्र काँग्रेसबाट थपिने सम्भावना छ ।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, मातृका यादव, अञ्जना विशंखे, अमृता थापा, जयपुरी घर्ती, रामेश्वर राय यादव, शशि श्रेष्ठ, शिवकुमार मण्डल, हितबहादुर तामाङ मन्त्रीको दौडमा छन् । माओवादीबाट २ जना मन्त्री बनिसकेकाले अधिकतम ५ जना सम्म मन्त्री बन्न पाउने बुझिएको छ ।

जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा जाने सम्भावना छ । जसपाले ३ या ४ मन्त्रालय पाउने सम्भावना छ । जसपाबाट महेन्द्र राय यादव, मोहम्मद इश्तियाक राई, राजेन्द्र श्रेष्ठ, डा. सुरेन्द्र कुमार यादवको सम्भावना बलियो छ । सुरेन्द्र यादवलाई मन्त्री बनाउन डा. बाबुराम भट्टराईले चाहना देखाएको बुझिएको छ ।

नेकपा एमालेका माधवकुमार नेपाल समूह पनि सरकारमा जाने सम्भावना छ । नेपाल समूहबाट बामदेव गौतम उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको दाबी गरिरहेका छन् । गौतम नगए घनश्याम भुसाल सरकारमा जाने सम्भावना छ । माधव नेपाल समूहबाट गोकर्ण बिष्ट, विरोध खतिवडा, प्रेम आले, कृष्णलाल महर्जन, धनबहादुर बुढा, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतको सम्भावना बलियो छ । माधव नेपाल समूहले ६ देखि ७ मन्त्री पाउने बुझिएको छ । नेपाल पक्षमा आकांक्षी धेरै भएकाले व्यवस्थापन कठिन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot