Logo

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक केहीबरको लागि स्थगित्, अहिले स्थायी कमिटी जारी



काठमाडौं, २२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक केहीबेरको लागि स्थगित् गरिएको छ । केन्द्रीय कमिटी बैठक १५ मिनेटको लागि स्थगन् गरिएको नेता मेटमणि चौधरीले जानकारी दिए । अहिले नेपाल पक्षका स्थायी कमिटीको बैठक सुरु भएको छ ।

केन्द्रीय कमिटीमा उठेका विषयमाथि साझा धारणा बनाउनेगरि स्थायी कमिटीका नेताहरु छलफलमा जुटेका हुन् । हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा आजसम्म ५५ जनाभन्दा बढिले बोलिसकेको बताईएको छ । अधिकांशले सम्माजनक एकता नभए विद्रोह गर्नुपर्ने भन्दै अब धेरै अलमल गर्दा आफ्नो समूहको शक्ति क्षयीकरण हुने तर्क गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot