Logo

यार्सागुम्बा सहित १ जना पक्राउ



काठमाडौं, २४ साउन । यार्सागुम्बा लगायतका जडिबुटी सहित १ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट यार्सागुम्बा जडिबुटी जस्तो देखिने बस्तु ४ सय १२ ग्राम, सिलाजित जस्तो देखिने पदार्थ ६ सय ५० ग्राम र रातो केशरी जस्तो देखिने पदार्थ १ सय ग्राम सहित जुम्ला कन्कासुन्दरी गाउँपालिका ८ बस्ने २४ वर्षीय तुला कामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख २१११ को बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा कामीले झोलाभित्र लुकाई ल्याएको उक्त जडिबुटी फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन बन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot