Logo

सचेत गराउने भएपछि फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीले असन्तुष्टि पोखे



काठमाडौं, ९ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सचेत गराउन छानविन समितिले सिफारिश गरेको छ । राष्ट्रिय खेलकुद परिषदले बनाएको छानविन समितिले उनलाई सचेत गराउन सिफारिश गरेको हो ।

छानविन समितिको सिफारिशबारे जानकारी पाएलगत्तै अल्मुदाइरीले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन्, आइ एम आउट लेट पोलिटिक्स वर्क । उनले फुटबलमा राजनीतिक गर्न खोजिएको टिप्पणी गरेका हुन् ।

अल्मुताइरीले फुटबलको प्रमुख प्रशिक्षकबाट राजीनामाको घोषणा गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङमाथि गम्भीर आरोप लगाएका थिए । त्यसपछि एन्फाका पदाधिकारीको चर्को आलोचना भएको थियो । छानविन समिति बनाएर अल्मुताइरीलाई एन्फासँग गरेको सम्झौता बमोजिम मात्र कार्य सम्पादन गर्नुपर्ने र विवादास्पद गतिविधि गर्न नपाइने गरी ध्यानाकर्षण गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot