Logo

नायिका तथा मोडल निशा घिमिरेको मृत्यु, आजै पशुपतिमा अन्त्येष्टि गरियो



काठमाडौं, १७ भदौ । लामो समयदेखि उपचाररत नायिका निशा घिमिरेको मृत्यु भएको छ । हिजो (बुधबार) साझ नर्भिक अस्पतालमा उपचारको क्रममा मोडल घिमिरेको मृत्यु भएको हो । उनको आज बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसस्कार गरिएको छ । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीको लागि पश्पति आर्यघाटमा राखिएको थियो ।

‘निशा घिमिरे संरक्षण कोष’ ले दाहसंस्कार गर्नु अगाडी उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट परिसरका राखेको थियो । निशाको शवलाई केही कलाकार र परिवारले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अभिनेत्री बन्ने रहरले डिप्लोमा अध्ययनका लागि भारत पुगेकी कलाकार घिमिरेको सडक दुर्घटना भएको थियो । दुर्घटनामा परेपछि उनको ब्रेन ह्यामरेज भएको हो । दुर्घटनामा परेपछि उनको लामो समय भारतमै उपचार भयो । तर, अस्पतालको खर्च धान्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याएको थियो ।

उपचार गर्दागर्दैसम्पत्ति सकिएको परिवारले जानकारी दिएपछि उनलाई विभिन्न व्यक्ति तथा सघं सस्थाले आर्थिक सहयोग गरेका थिए । पछिल्लो समय निशाका परिवार कोठा भाडा तिर्न गाह्रो भएर भैसीपार्टीस्थित टिनले बारेर एउटा झुप्रोमा बस्दै आएको छ ।

निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भुुमिका निभाएकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot