Logo

लोलोम्जोङमा चीनले नेपाली भूमि मिचेको भए राजीनामा दिने सांसद लामाको घोषणा



काठमाडौं, ३० भदौ । हुम्लाका स्वतन्त्र सांसद छक्कबहादुर लामाले हुम्लाको लोलोम्जोङमा चीनले नेपाली भूमि मिचेको भए आफुले राजीनामा दिने घोषणा गरेका छन् । सांसद लामाले चीनले नेपाली भूमि नमिचेको दाबी गर्दै यस्तो बताएका हुन् । हिजो (मंगलबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद लामाले आफु १२ नम्बर पिल्लर, लोलोम्जोङ र लिमी–लाप्चाको पिलरसम्मै पुगेको बताउँदैै चीनले सिमा नमिचेको दाबी गरे । उनले आफू चीनसँगको सिमामा बस्ने गरेको तर अहिलेसम्म चीनसँगको सम्बन्ध राम्रो रहेको बताए । साथै, आफुले कालोलाई कालो र सेतोलाई सेतो भन्ने भन्दै चीनले गर्दै नगरेको कामलाई गरेको भनेर आफुले आरोप नलगाउने पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्