Logo

कामपामा आजदेखि एस्ट्राजेनेकाको पहिलो मात्रा लगाइँदै, ३२ वटै वडामा खोप केन्द्र



काठमाडौँ, ११ असोज: काठमाडौं महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइदैछ। खोप लगाउन बाँकी १८ वर्ष माथिका सबैलाई आजबाट एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो ।

खोप कार्यक्रम बिहान १० देखि अपरान्ह ४ बजेसम्म चल्नेछ । महानगरपालिकाका अनुसार काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडाका खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको छ ।नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनीमा खोप लगाउन सकिने छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot