Logo

नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहन्छौं : चीन



काठमाडौं, १२ असोज । चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालसँगको सम्बन्धमा चीनले नयाँ प्रगति चाहेको बताएका छन् । उनले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाउँदै चीनले नयाँ प्रगति चाहेको बताएका हुन् ।

आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । यसअघि भारतीय विदेशमन्त्री एसजयशंकरले खड्कालाई बधाई सन्देश पठाएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot