Logo

उपचारका लागि बैंकक उडे वर्षमान पुन



काठमाडौं, असोज १३ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् ।

पूर्व मन्त्री समेत रहेका पुन स्वास्थयमा समस्यादेखिएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।​ तर, उनको स्वास्थ्यमा उलेख्य सुधार हुन सकेको थिएन् ।

जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा जटिलता कायमै रहेपछि थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा उपचार गर्न आज त्यसतर्फ प्रस्ताहन गरेका हुन् । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्