Logo

ज्यान मार्ने उद्योगमा संलग्न २ जना कसूरदार पक्राउ



मोरङ, १३ असोज । ज्यान मार्ने उद्योगमा संलग्न २ जना कसूरदारलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न कसूरदार विराटनगर महानगरपालिका–११ बस्ने २७ वर्षीय बिमल कार्की र धनपाल थान गाउँपालिका–१ बस्ने ५३ वर्षीय महमद साजिद मिया पक्राउ परेका हुन् ।

आइतबार दिउँसो विराटनगर महानगरपालिका–७ स्थितसडकमा काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका–९ बस्ने ३० वर्षीय कलाम सिंह लामालाई कार्की र मियाले ब्यवसायिक विवादका कारण धारिलो हतियार खुकरी प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । धारिलो हतियार प्रहारबाट घाइते भएका लामाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुलाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot