Logo

टाउकोमा लाठी प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ



अर्घाखाँची, १४ असोज । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरिएको छ । आफ्नै ३५ वर्षीया श्रीमती सिता बिकको हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–७ न्युखोला बस्ने ३० वर्षीय बिष्णु विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

आपसमा सामान्य विवाद हुँदा मंगलबार राति बिष्णुले सिताको टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot