Logo

जंगली बँदेलको मासु सहित २ जना पक्राउ



सुनसरी,१५ असोज । जंगली बँदेलको मासु सहित २ जना पक्राउ परेका छन् । इनरुवा नगरपालिका–४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका–६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेका छन् । स.१ प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त मासु सहित फेला पारी मोटरइकलमा सवार उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

बरामद मासु सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot