Logo

लागूऔषध सहित पक्राउ



कास्की, १५ असोज । अवैध लागुऔषध ५ किलो गाजाँसहित युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–११ रानीपौवा बस्ने धादिङ रोरा गाउँपालिका-४ घर भएका २४ वर्षीय रोशन थोकरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ग.१ ख ९४०३ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

सुनसरी, कोशी गाउँपालिका–१ लौकही बजारबाट करिब १ सय ६४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित सोही गाउँपालिका–५ बस्ने ३८ वर्षीय नईसाद अलि मियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.२७ प ३०८१ नम्बरको मोटरसाइकललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय व्यूरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु सहित फेला पारी मोटरसाइकल चालक मियालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot