Logo

घुम्न गएको अवस्थामा महिला बलात्कार गर्दा…



रुपन्देही, १७ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot