Logo

के आज जेलबाट छुट्लान त आर्यन खान ? केहीबेरमा सुनुवाई हुँदै



एजेन्सी, २५ असोज । बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान १४ दिनको न्यायिक हिरासतमा छन् । आर्यनसँगै यस प्रकरणमा मुछिएका ७ जना आरोपी जेलभित्र छन् । केही दिन अगाडी किलाकोर्ट अदालतले आर्यनको जमानत याचिका खारेज गरेको थियो ।

अब केही समयमा उनको जमानत याचिकामा सुनुवाई हुनेछ । जमानत याचिकामा आर्यनसँग कुनै लागुऔषध नभएको उल्लेख गरिएको छ ।

आर्यन गिरफ्तार परेपछि केही बलिउडकर्मीहरु उनको समर्थनमा आएका थिए । आर्यनको जमानत याचिका खारेज भएसँगै फिल्म निर्देशक करण जौहर चर्चित वकिल लिएर शाहरुख खानको घर पुगेका छन् ।

करण जौहर वकिल रुस्तम सहित शाहरुख खानको बंगलामा पुगेका हुन् ।  उनीहरु दुःखमा परेको साथीलाई सहयोगको लागि शाहरुख खानको घरमा गएको बुझिएको छ ।

आर्यन र अन्य आरोपीहरुलाई आर्थर रोड जेलमा राखिएको छ । आर्यनको वकिलले सेंशन अदालतमा उनको जमानतको लागि याचिका दाएर गरेका थिए । एनसीबीको टिमले मुम्बईको गोवामा भइरहेको लागुऔषध पार्टीको भन्डारफोर गरेको थियो । पार्टीमा बलिउड सुपरस्टार शाहरुख खानको छोरा आर्यन खान पनि थिए । एनसीबीले आर्यनसँगै ७ जनालाई नियन्त्रणमा लिएर घन्टौ समय सम्म सोधपुछ गरेपछि न्यायिक हिरासतमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot